Logo

घुस लिने सिडिओ अख्तियारको फन्दामा



काठमाडौं, २४ मंसिर । मुद्दाका अभियुक्तसँग घुस लिने दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकार(सिडिओ) खगेन्द्रप्रसाद रिजालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन थालेको छ । आयोगको निर्देशनमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको छ ।

अभद्र व्यवहारसम्बन्धि मुद्दामा पक्राउ परेका अभियुक्तसँग रिजालले ९० हजार घुस लिएका थिए । १० हजारको रसिद दिएर एक लाख लिएको भन्दै पीडितले प्रश्न गरेपछि उनले पैसा फिर्ता गरेका थएि । घटना सार्वजनिक भएपछि गृह मन्त्रालयले उनलाई गत बिहीबार नै हटाइसकेको छ ।

सो घटनाको अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए । उपसचिव रिजाल यसअघि अख्तियारमा सहायक प्रवक्ताका रुपमा कार्यरत थिए । यसअघि पनि उनले धम्काएर घुस लिएको खुलेको थियो ।



प्रतिक्रिया दिनुहोस्