Logo

नाकको एलर्जी



वातावरणीय प्रदुषणको कारण मानव स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु देखिने गरेका छन् । प्रदूषणको कारण श्वासप्रश्वासजन्य समस्या बाट मानिसहरु धेरै पिडित भइरहेको छन् । वातावरणीय प्रदूषणका कारण शरीरको जुनसुकै अंगमा पनि एर्लजी हुने क्रम बढेको छ ।

सबैभन्दा बढी नाकमा समस्या देखिने तथ्यांक छ । वातावरणलाई शरीरले सहजै स्विकार गर्न नसक्ने समस्या एलर्जी हो । नाकलाई आवश्यक अक्सिजन नाकमार्फत लिने हुनाले प्रदुषणयुक्त वातावरणसंग नाकको पहिलो सम्र्पक हुन्छ र समस्या पनि पहिला नाकमा नै हुन्छ । त्यसैले सबैभन्दा एलर्जी पनि नाकमा नै हुन्छ । एर्लजीको बेवास्ता गरे दम रोग समेत निम्त्याउन सक्छ ।

शरीर भित्र पसेका दूषित कणलाई नाकले बाहिर फ्याल्न खोज्छ जसले गर्दा हाँछ्यु आउने, नाक थुनिने, स्वासप्रस्वास बढ्ने, सिगान बगिरहने, घाँटी खसखस गर्ने हुन्छ । यस्तो खाल्को समस्या आउनु नाकको एर्लर्जी हो ।

लक्षण

  • हाँछ्यु आइरहनु
  • स्वाँ स्वाँ बढी हुने
  • सिगान बगिरहनु
  • नाक बन्द हुनु
  • बच्चाहरुलाई सुत्न कठिन हुने
  • एलर्जी लामो समय संम भएमा पिनास हुने, टाउको दुख्ने र नाक भित्र मासु पलाउने हुनसक्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सककोमा जानुपर्छ ।

कारण

  • नाकमा समस्या भएमा
  • वातावरण प्रदूषित भएमा
  • वंशाणुगत गुण

रोकथाम

  • स्वच्छ वातावणमा बस्ने
  • बाहिर निस्कदा माक्सको प्रयोग गर्ने
  • शरीरलाई अनुकुल हुने वातावरणमा बस्ने
  • यस्तो लक्षण पाएमा चिकित्सकलाई देखाईहाल्ने


प्रतिक्रिया दिनुहोस्