Logo

चीसो मौसममा किन धेरै पानी पिउनुपर्छ



जाडो मौसममा सुख्खा छाला हुन बाट बच्न दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ । यसले तौल पनि नियन्त्रण गर्छ ।

गर्मीदिनमा पानी पिउनको लागि कसैलाई सम्झाइ राख्नुपर्दैन । गर्मीमा शरीरले नै आफै पानी माग्छ तर चिसोमा पसिना नआउने हुनाले शरीरले पानी माग्दैन । त्यसको परिणाम हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ । शरीरले पानी नमागे पनि मानव शरीरमा पानीको धेरै आवश्यकता हुन्छ ।

छालालाई सुख्खा हुनबाट बचाँउछ

जाडो मौसममा धेरे चिसो हुन्छ । कुनै कारण बस हामी बाहिर निस्कन्छौ त्यतिबेला छाला सुख्खा र रुखो हुन्छ । चिसो मौसममा कसैको छाला फ्ट्न पनि सक्छ । यसैले छाला चमकदार र स्वस्थ राख्नको लागि धेरै पानी पिउनुपर्दछ ।

डिहाइड्रेशनबाट जोगिन

गर्मी मौसममा सानो सानो काम गर्दा पनि पसिना धेरै निस्कन्छ र पानीको आवश्यकता महसुस पनि धेरै हुन्छ । तर चिसोमा एकैपटक पसिना धेरै नआउने हँुदा पानी तिर्खा पनि कम लाग्छ । पसिना पनि विस्तारै निस्कन्छ, यसैले हाम्रो शररिमा एकदम डिहाइड्रेट हुदैन । तर हाम्रो शरीरमा डिहाइड्रेट भयो भने धेरै समस्या आउँछ । त्यसैले जाडोमा पनि गर्मीमा जत्ति कै पानी पिउनु आवश्यक हुन्छ ।

कैफिनसँग लड्नको लागी

जाडोमौसममा अधिकांस मानिसको चिया कफि खाने धेरै बानी हुन्छ । जति धेरै चिया कफि पिइन्छ त्यति नै धेरै शरीरमा डिहाइड्रेसन हुने पनि उच्च सम्भावना हुन्छ । कसैले धेरै उर्जाको लागी चिया कफि पिउछन्, झन डिहाइड्रेशन भएर उल्टो असर गर्दछ । यसकारण पानी धेरै पिउनुपर्छ ।

तौल नियन्त्रण गर्न

चीसो मौसममा अन्य समयको तुलनामा धेरै भोक लाग्छ । धेरै भोक लाग्ने हुनाले तौल पनि बढ्न सक्छ । पानी जति कम पिउछौ भोक पनि बढी लाग्छ र मोटाइन्छ । पर्याप्त मात्रामा पानी पिउदा शरीरलाई जति आवश्यक पर्छ त्यति मात्र खाइन्छ । तौल नियन्त्रण हुन्छ ।

प्रतिरक्षा प्रणाली बलियो बनाउन

हामी जति पानी कम पिउँछौ हाम्रो प्रतिरक्षा प्रणली उति नै कमजोर हुन्छ । जाडो मौसममा पानीको मात्रा कम हुने वित्तिकै शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर हुने हुनाले चीसोबाट लाग्ने धेरै रोगबाट पिडित हुन्छौ । पानी प्रशस्त पिउनाले ज्वरो, खोकी जस्ता रोग बाट बच्छौ । पानीको अभावको कारण धेरै मानिसलाई जाडोमा ऐठन पनि हुन्छ ।

पानीको अन्य विकल्प

पानी बाहेक सुपबाट पनि पानीको मात्रा पुर्याउन सकिन्छ । यो बाहेक हरीयो चिया पनि प्रयोग गर्न सकिन्छ । यसले पानीको अभाव हटाएर उर्जावान बनाउछ । त्यस्तै पालक, खानाको साथ सलाद खानुले पनि पयाप्त हाइड्रेट पनि राख्दछ । Photo Source : Body Lift System



प्रतिक्रिया दिनुहोस्