Logo

के हो आँखा सुख्खा हुने समस्या



जतिबेला आाखामा आँसुले पर्याप्त आद्रता दिन सक्दैन, अनि सुख्खा हुदै जान्छन् । आँखामा उत्पादन हुने आँसुको मात्रा र गुणस्तरले आँखाको सतहलाई प्रशस्त चिप्लो बनाउन नसक्नु नै आँखाको सुख्खापनको समस्या हो ।

हुन त बढ्दो उमेरसंगै यो अवस्था आउने भएपनि आजभोली प्रदुषण, धुवाँधुलो र इलेक्ट्रोनिक ग्याजेटको अत्यधिक प्रयोगसगै यो समस्या बढदै गएको छ । उच्च रक्तचाप,एटिथिस्टेमाइस,हार्मोन रिप्लेसमेट थेरापी, उदासी रोगको, डन्डिफोर आदीको अत्यधिक औषधीको दुष्प्रभावले समेत यो समस्या बढ्दै गएको देखिन्छ ।

लक्षण

  • आँखा विझाए जस्तो हुने
  • आँखामा केहि छिरेको जस्तो हुने
  • आँखा पोल्ने,
  • आँखा चिलाउने
  • जतिबेला पनि आाखा मिच्न मन लाग्ने
  • आँखा रातो हुने
  • आँखामा आँसु आउनुको साथै सुख्खापन देखिने
  • परेला गह्रौ भएकाृ जस्तो अनुभुति हुने
  • धमिलो दृष्टि समेत हुने

आँसु के हो त

आँसु बोसोयुक्त तेल, पानी र ल्श्रेष्म र १५०० प्रोटिनको मिश्रण हो । यसले आँखाको सतहलाई चिप्लो बनाउनुको साथै वातावरण र किटाणुको संक्रमण बाट जोगाउछ । यसले आँखाको पुतलीलाई सफा गर्नुको साथै आँखामा आँसुले चिप्लो र ओसिलोपना कायम राख्छ ।

हरेकपल्ट आँखा झिम्काँउदा आँसु पुतलीको चारैतिर बग्ने गर्छ । यसले आँखाको कोष पोषिलो बन्छ । र आँसुको एकपत्रले आँखालाई दुषित वातावरणबाट जोगाइराख्छ ।

आँसुको संरचना परिवर्तन हुँदा वा ग्रन्थीले प्रशस्त आँसु उत्पादन नर्गदा आँखाको दृष्टि प्रभावित हुन्छ ।

उपचार

  • नक्कली आँसुको थोपा राख्ने
  • प्रदूषित ठाँउमा आँखा छोप्ने, चस्मा लगाउने
  • आँखाको सरसफाई गर्ने
  • ग्याजेट, मोवाइलर कम्प्युटरको प्रयोग गर्दा १÷१ घण्टामा काम छोडेर निरन्तर केहि सेकेन्ड झिम्काइरहने
  • २÷३ घण्टा निरन्तर स्क्रिन हेर्दा बीचबीचमा मुख धुने
  • लामो समय सम्म मोवाइल टीभी नहेर्ने
  • मोवाइल टीभ हेर्दै गर्दा विश्राम लिने
  • वजारमा पाइने भिस्कस आई ड्रपको उपयोग


प्रतिक्रिया दिनुहोस्