Logo

५१ स्वर्णको किर्तिमान



काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । आफ्नै भूमिमा आयोजना गरिएको सागमा नेपालले ५१ स्वर्ण, ५९ रजत र ९२ काँस्यसहित २०२ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ ।

नेपालले फुटबलको फाइनल जितेको छ । फाइनलमा भुटान इतिहास रच्दै फाइनलमा पुगेको थियो । तर, उसको स्वर्ण जित्ने उद्देश्य पूरा हुन सकेन ।

नेपालले पौडीमा ऐतिहासिक स्वर्ण जित्यो । गौरिका सिंह एक्लैले चार स्वर्ण जितिन् । उनले व्यक्तिगत किर्तिमान समेत बनाएकी छिन् । नौवटा स्पर्धामा भाग लिएर गौरिकाले सबैमा पदक जितिन् ।

एथलेटिक्सको मध्यम दूरीमा पनि नेपालले स्वर्ण जित्यो । म्याराथनमा दुई दशकपछि स्वर्ण जित्ने सफलता हासिल गर्यो ।
मार्सल आर्टमा नेपालले सर्वाधिक पदक जित्यो । ५० स्वर्ण जित्ने लक्ष्य लिएको नेपालले कुल ५१ स्वर्ण जितेर लक्ष्य पार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्