Logo

स्तन मसाजको फाइदा (सूचीसहित)



महिलाहरु आफू सुन्दर हुनका लागि ब्युटिपार्लर जान्छन् । फेसियल, स्क्रब र विभिन्न खाले उपाय अपनाउँछन् । आफ्नो स्वास्थ्यको लागी महिलाहरु जिम जाने, योगा गर्ने र स्वस्थ खाना खान्छन् । तर, आफ्नो स्तनलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन् र खासै केहि पनि गर्दैनन् । स्तन मसाजमात्रै योन सामथ्र्यको लागि मात्र नभएर विभिन्न स्वास्थ्यमा पनि फाइदा पुग्छ ।

लिम्फैटिक फ्लुइड असर कम गर्छ
कसिलो लुगा विशेषगरी ब्रा लगाउँछन तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ । जसले गर्दा ब्रेस्ट र अन्डरआम्र्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि स्तन मसाज आवश्यक छ ।
ब्रेस्ट क्यान्सर कम गर्छ
कहिलेकाहीं स्तनमा गाँठो बन्न जान्छ यो आफैलाई पत्तो नै हुँदैन । पछि त्यही गाँठो विस्तारै क्यान्सरमा परिणत हुन्छ । नियमित स्तन मसाज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खतराबाट बच्न सकिन्छ ।
तेलले मसाज गर्नुहोस्
बदामको तेल, तिलको तेल, जोजोबा आयल वा क्यास्टर आयलले स्तन मसाज गर्नु बढी फाइदा हुन्छ ।
घरमा नै स्तन मसाज 
नुहाइ सकेपछि हातमा तेल लगाएर हातले स्तन माथी गोलाकारमा मसाज गर्नुहोस् नुहाउन चाहानुहुदैन भने स्तनलाई तातो तौलिया राखेर हल्का वार्म गनुहोस् , मसाजको मोशनलाई कम से कम ३० पटक सम्म माथी र तलको दिशामा पनि मसाज गर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस्