Logo

मानव विकास सुचकाङ्कमा नर्वे पहिलो, नेपाल १ सय ४७ औं स्थानमा



काठमाण्डौ । मानवको जीवन अपेक्षा, शिक्षा र आय सूचकांकमा नेपाल कहिल्यै पनि सन्तोषजनक अवस्थामा रहेको पाइदैन । एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भएपनि मध्यम मानव विकास सूचकाङ्कको श्रेणीमा भने परेको छ । विश्वमा मानव विकास सूचकाङ्कमा नर्वे सबैभन्दा अगाडी छ ।

मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले मंगलबार काठमाडौंमा सार्वजनिक गरेको मानव विकास सम्बन्धी प्रतिवेदनमा एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भएपनि नेपाल जस्तो मुलुक मध्यम मानव विकास सूचकाङ्कको श्रेणीमा परेको उल्लेख छ ।

तर समग्र एसिया प्रसान्तमा मानव विकासमा असन्तुलित जोखिमको खतरा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा दु्रत गतिमा मानव विकासको प्रगति भएको उल्लेख छ । प्रतिवेदन अनुसार दक्षिण एसियाको मानव विकासको सूचक ४६ प्रतिशतले बढेको छ । एसिया प्रसान्तमा सबैभन्दा बढी वृद्धिदर हासिल गर्नेमा आयरल्याड पछि थाइल्याण्ड दोस्रोमा रहेको छ ।

प्रतिवेदनमा दक्षिण एसियामा १० मध्ये ४ मानिसमा सरसफाईको सुविधा नपुगेको उल्लेख छ भने गरिब समुदायमा जलवायु परिवर्तनको जोखिम रहेको उल्लेख गरिएको छ । मानव विकास सुचकाङ्कमा नेपालले सन २०१८ का लागि शुन्य दशमलब पाँच सात नौ अंक प्राप्त गरेको छ । सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सूचकाङ्क मूल्य शुन्य दशमलाब तीन आठ शुन्य देखि शुन्य दशमलब पाँच सात नौसम्म बढेको छ ।

यो अवधिमा नेपालमा जन्मदरको औसत आयु १६.१, विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ । विश्वमा मानव विकास सूचकाङ्कमा नर्वे ०.९५४ अंक सहित सबैभन्दा अगाडी छ । स्वीजरल्याण्ड ०.९४६ अंक सहित दोस्रो स्थानमा रहेको छ । सबैभन्दा अन्तिम १ सय ८९ स्थानमा ०.३७७ अंकसहित पश्चिमी अफ्रिकी मुलुक नाइजर रहेको छ । मानवको जीवन अपेक्षा, शिक्षा र आय सूचकांकलाई प्रयोग गरेर निकालिएको समग्र तथ्यांकले कुनै पनि देशको मानव विकास निकाल्ने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम