Logo

राष्ट्रियसभामा झन खुम्चिदै कांग्रेस



काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्य चयनका लागि माघ ९ गते निर्वाचनको मिति प्रस्ताव गरेको छ । आइतबार राजनीतिक दलहरुसँग सर्वपक्षीय छलफल गरेपछि आयोगले उक्त मितिबारे सरकारलाई परामर्श दिएको हो । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार पनि सदस्यको कार्यकाल सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने व्यवस्थाका आधारमा निर्वाचनको प्रस्ताव गरेको हो ।

राष्ट्रियसभाका ५९ मध्ये एक तिहाइ सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । सत्तारुढप दल नेकपाका ९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिदैछ । युवराज खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण शिवाकोटीको २ वर्षे पदावधि सकिन लागेको हो । त्यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ७ जनाको अवधि सकिदैछ । २ वर्षे पदावधी सकिनेहरुमा दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रिप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले राना, सरिता प्रसाईं र सुरेन्द्रराज पाण्डे रहेका छन् ।

राष्ट्रिय सभामा रहेका राजपाका २ जना रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल तथा समाजवादी पार्टीका रामप्रित पासवानको पदावधि सकिन लागेको हो । माघ पहिलो साता हुने राष्ट्रियसभाका १९ सांसदको निर्वाचनमा कांग्रेसले कम्तिमा ६ सिट गुमाउने देखिन्छ । राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुने १९ जना सांसदमध्ये कांग्रेसका ७ जना छन् । ५९ सदस्यीय राष्ट्रियसभामा १३ सिट पाएको कांग्रेसलाई चिठ्ठा तान्दासमेत घाटा लागेको थियो । १९ जनाले आ–आफ्नो क्लस्टरमा चिठ्ठा तान्दा ७ जना कांग्रेसका सांसद दुईवर्षेमा परेका थिए ।

०७४ माघ २४ गते भएको निर्वाचनबाट चुनिएका र पछि राष्ट्रपतिबाट मनोनीत भएका तीन जनासहित राष्ट्रिय सभाका सांसदको पदावधि निर्धारण ०७५ असार ४ गते भएको गोलाप्रथाबाट गरिएको थियो । राष्ट्रिय सभाको पदावधि ६ वर्ष रहने भनिए पनि पहिलो पटकका लागि एक तिहाइको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्ष रहने संवैधानिक व्यवस्था छ । पहिलोपटक ५६ जना सदस्यको नै निर्वाचन भएको थियो । कूल ५९ मध्ये तीन सदस्य मन्त्रिपरिषदको सिफारिसमा मनोनीत भएका थिए ।

राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुने १९ जना सांसदमध्ये कांग्रेसका ७ जना छन् । ५९ सदस्यीय राष्ट्रियसभामा १३ सिट पाएको कांग्रेसलाई चिठ्ठा तान्दासमेत घाटा लागेको थियो । १९ जनाले आ–आफ्नो क्लस्टरमा चिठ्ठा तान्दा ७ जना कांग्रेसका सांसद दुईवर्षेमा परेका थिए । राष्ट्रियसभाको निर्वाचन माघको ७ देखि १० गतेभित्र गर्ने तयारी छ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । फागुन २१ गते अहिलेका सांसदको २ वर्षे कार्यकाल पूरा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्