Logo

प्रधानमन्त्री ओली फेरि अस्पताल गए



काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज हेमोडायलासिस गराउन अस्प्ताल पुगेका छन् । आज साँझ उनी मनमोहन कार्डियो भास्कुलर तथा थारोसिस सेन्टर पुगेका हुन् । उनको मिर्गौलामा समस्या आएकोले उनी पछिल्लो समय हेमोडायलासिस गराईरहेका छन् ।

ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो। शल्यक्रिया गरेको १० दिनपछि १९ गते डिस्चार्ज भएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित डायलाइसिसका लागि अस्पताल गएको बताए। उनले भने,’नियमित डाइलासिसका निम्ति साँझ मनमाेहन सेन्टर महाराजगन्ज जानुभएकाे छ। उहाँ आजै निवास फर्कनुहुनेछ।’



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम