Logo

सागको परीणामले पूर्वराजा शाह खुशी



काठमाडौं, २४ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंमा आज सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको परिणामले खुशी भएका छन् । उनले नेपालले हाँसिल गरेको परीणामले आफूलाई अत्यन्त खुसी लागेको बताएका छन् ।

सागको समापन समारोह चलिरहँदा उनले आज साँझ एक विज्ञप्ती जारी गर्दै यस्तो खुशी व्यक्त गरेका हुन् । पूर्वराजा शाहले आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने कामनासमेत गरेका छन् ।

‘यसपालिको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको उत्कृष्ट परिणाममा मलाई अत्यन्त खुसी लागेको छ । यो उपलब्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाइ दिन चाहन्छु’–विज्ञप्तिमा भनिएको छ–‘आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने मेरो कामना रहेको छ ।’ साथै, १३औं साग सफलतापूर्वक सम्पन्न गरेकामा उनले आयोजक एवं व्यवस्थापक सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । file photo/Trishara



प्रतिक्रिया दिनुहोस्