Logo

४ पुसबाट संसदको हिउँदे अधिवेशन



काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको हिउँदे अधिवेशन ४ पुसबाट शुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार ४ पुसको अपरान्ह ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आव्हान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस सल्लाहकार हरि दाहालले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत २०७६ पुस १६ः ०० बजे अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर काठमाडौंमा संघीय संसदको दुवै सदनको अधिवेशनको आव्हान गर्नु भएको छ ।’ यसअघि मन्त्रिपरिषदको बैठकले ४ पुसमा संसदको दुवै सदनको बैठक आव्हान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको थियो ।

संसदको अधिवेशन आव्हान गरेपछि सत्तापक्ष प्रतिपक्षले आ-आफ्नो तयारी गरेका छन् । देशमा देखिएका कतिपय गम्भीर सवालहरु जोडतोडले उठ्ने देखिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्