Logo

आमाछोरा मिलेर बाबुको हत्या



सुर्खेत, मंसिर २४ । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटामा आमा छोरा मिलेर बुवाको हत्या गरेका छन्। सोमबार राति मालनेटाका ४७ वर्षीय लोकबहादुर विसीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले लोकहादुरको श्रीमती ४५ वर्षीया सुमित्रा विसी र २३ वर्षीय छोरा कमल विसीलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार घरमै हत्या गरेर ५० मिटर टाढा गोरेटो बाटो नजिकै फालेको अवस्थामा लोकहादुरको शव फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्