Logo

जागिरबाट निकालिएपछि आत्महत्या



सिरहा,मंसिर २४ । १५ वर्षदेखि स्थायी श्रमिकका रुपमा कार्यरत कर्मचारीले कामबाट निकालेको भन्दै आत्महत्या गरेपछि सिराहको गोलबजार तनावग्रस्त बनेको छ । मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट हटाएको सूचनाजारी गरेको केही घण्टामै गोविन्दपुरकी अनितादेवी पासवानले आत्महत्या गरेकी छन् ।

पासवानलाई अपमान जनक ढंगले कामबाट निकालेर आत्महत्या गर्न बाध्य पारेको भन्दै आफन्त, मजदूरले क्षतिपूर्तिको माग गर्दै उद्योग घेराउ गर्नुका साथै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन।



प्रतिक्रिया दिनुहोस्