Logo

सुनको मूल्य ओरालोतिर, कति पुग्यो तोलाको ?



काठमाडौं २५ मंसिर । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। मंगलबार छापावाल सुन तोलामा २ सयले घटेर सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तेजावी सुन घटेर तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन पनि तोलामा २ सयले घटेको छ । बजारमा चाँदी ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार नेपाली बजारमा छापावाल सुन तोलाको ७१ हजार र तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी सोमबार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया दिनुहोस्