Logo

१३औं साग सम्पन्न नेपाललाई ऐतिहासिक सफलता



काठमाडौं, २५ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई ऐतिहासिक सफलता मिलेको छ। नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ। सन् १९९९ मा आठौं सागमा ३१ स्वर्ण जितेको नेपालले त्यसपछि हात पारेको यो अहिलेसम्मकै सर्वाधिक उपलब्धि हो। २०२१ मा पाकिस्तानको इस्लामावादमा हुने १४औैं सागमा भेट्ने वाचासहित १३औं साग मंगलबार उल्लासका साथ समापन भएको छ।

पुरुष फुटबलमा स्वर्ण
नेपालले पुरुष फुटबल फाइनलमा भुटानमाथि २–१ को जितका साथ सागको १३औं संस्करणको सुखद अन्त्य गरेको छ। यसअघि नेपालले भारतमा सम्पन्न १२औं सागमा पनि पुरुष फुटबलतर्फ स्वर्ण पदक जितेको थियो। भारतले १९८५ र १९८७, पाकिस्तानले १९८९ र १९९१ तथा २००४ र २००६ मा साग फुटबलमा स्वर्णपदक जितेका थिए।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्