Logo

सतीदेवीको दाँत पतन स्थल दन्तकाली मन्दिर



दन्तकाली मन्दिर धरान नगरपालीका वडा नम्बर १४ विजयपुर डाँडाको मध्य भागमा रहेको छ । मध्यकालमा कालिकाका नामले चिनिने उक्त मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिँड्दा सतीदेवीको दाँत पतन भई शक्तिपीठको रूपमा स्थापित भएको भन्ने भनाइ रहेको छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ ।

मन्दिरको बारेमा स्वस्थानी ब्रतकथामा पनि उल्लेख भएको पाइन्छ । नेपाल एकीकरण पूर्व विजयपुर राज्यका सेनवंशी राजाहरूको ईष्टदेवीको रूपमा पुजित यो शक्तिपीठको महिमा सदाकाल उस्तै रहेको छ ।

दन्तकालीको मन्दिर वि.सं. २०३५–३६ सालसम्म सामान्य प्रकारको थियो भने हाल यस स्थानमा भब्य तले शैलीको मन्दिर बनाइएको छ । दन्तकाली क्षेत्रमा दशैंको नवरात्रमा मेला लाग्ने गर्दछ । त्यस समयमा धरान बजारका सबै मानिसहरू दन्तकालीमा पुग्ने गर्दछन् । मन्दिरमा तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि मेला लाग्ने गर्दछ ।

जीवमा एक पटक दर्शन गर्ने पर्ने यो मन्दिरमा भक्तजनहरुको मनोकामना पूरा हुने विश्वास रहेको छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्