Logo

कांग्रेसः केन्द्रीय समितिको म्याद एक वर्ष थप्ने तयारी



काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्छ । तर, १३औं महाधिवेशन सकिएको चार वर्ष पुग्नै लाग्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको म्याद एक वर्ष थप गर्ने तयारी गरेका छन् ।

१३औं महाधिवेशनबाट सभापतिमा निर्वा्चित देउवाले १४औं महाधिवेशन एक वर्ष धकेल्ने गरी तयारी अघि बढाएका हुन् । उनले पार्टीमा रिक्त रहेका विभाग, कार्यसम्पादन समितिसहित नेतृत्वविहीन अवस्थामा रहेका भ्रातृसंगठनलाई पहिले पूर्णता दिने र २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने गरी तयारी अघि बढाएका हुन् ।

कांग्रेस विधानमा निर्धा्रित समयभित्र महाधिवेशन हुन नसकेको अवस्थामा एक वर्ष कार्यकाल थप गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार नै वर्तमान नेतृत्वले कार्यकाल थप्ने रणनीति बनाएको हो ।

सोही रणनीतिअनुरूप कांग्रेसको संस्थापन समूहले पछिल्लोपटक रिक्त विभागसहित कार्यसम्पादन समितिलगायत भ्रातृसंगठनलाई समेत पूर्णता दिने गरी छलफल अघि बढाइरहेको छ ।नेपाल समाचार पत्रबाट



प्रतिक्रिया दिनुहोस्