Logo

एक हजार ९६ शाखा अधिकृतका लागि जागिर खुला



काठमाडौं, मंसिर २५ । लोकसेवा आयोगले १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ ।आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिकपदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि आज बुधबार विज्ञापन आह्वान गरेको हो ।आयोगका अनुसार सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्