Logo

उत्तर कोरियाली लगानीका व्यवसाय बन्द



काठमाडौं, मंसिर २५ । सरकारले उत्तर कोरियाली मुलुकका नागरिकले नेपालमा सञ्चालन गरेका व्यवसाय बन्द गराएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव अनुसार उत्तर कोरियाली लगानीका व्यवसाय बन्द गरेर लगानीकर्तालाई फिर्ता पठाएको हो ।

उत्तर कोरियाका ४८ जनाले बिजनेस तथा कामदार भिसा लिएकोमा ४२ जना फिर्ता भइसकेका छन् । बाँकी ६ जना पनि फिर्ता जाने तयारीमा रहेको अध्यागमन विभागले जनाएको छ ।

उद्योग विभागले व्यवसाय बन्द गरेर लगानी फिर्ता गर्न निर्देशन दिँदै अक्टोबर ३० पछि लगानीकर्ता र कामदारको भिसाको समय नथप्न अध्यागमन विभागलाई निर्देशन दिएको थियो । त्यसपछि अध्यागमने भिसा थप गरेको छैन । केही लगानीकर्ताले अटेर गरेका थिए । उद्योग विभाग र अध्यागमनका अधिकारीले गत हप्ता दरबारमार्गमा रहेको बोटोङगाङ रेस्टुरेन्ट बन्द गराएका छन् । ४८ जना उत्तर कोरियाली नागरिकले बिजनेस तथा कामदार भिसा लिएका थिए ।

सन् २०१७ को सुरक्षा परिषद् बैठकले २०१९ को अक्टोबरसम्म आफ्ना सदस्य राष्ट्रलाई उत्तर कोरियाको लगानी फिर्ता गरेर नयाँ थप लगानी ल्याउन नदिने प्रस्ताव पारित गरेको थियो । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएकाले त्यसलाई कार्यान्वयनमा ल्याएको हो ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्