Logo

प्रधानमन्त्रीले खेलाडीलाई भेट्ने, विशेष प्याकेज घोषणाको अपेक्षा



काठमाडौं, मंसिर २५ । १३औं दक्षिण एसियाली खेलकूदमा पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीसंग भेट्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार दिउँसो २ बजे भेट्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले १३औं दक्षिण एसियाली खेलकूदमा सहभागी विजेता खेलाडीलाई आजै विशेष प्याकेजको घोषणा गर्ने समेत अपेक्षा गरिएको छ ।मंगलाबार साँझ डायलासिका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहर कार्डियो गएका प्रधानमन्त्री ओली राति नै निवास फर्किएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्