Logo

सभामुख को ?



काठमाडौँ, २५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन आह्वान गरेसँगै नेकपाभित्र अब सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । सभामुख निर्वाचनको विषयलाई अधिवेशनको पहिलो कार्यसूची बनाउने तयारीसहित भावी सभामुखबारे छलफल सुरु भएको हो । आउँदो पुस ४ गते हिउँदे अधिवेशन सुरु हुँदैछ ।

शक्ति सन्तुलन मिलाउने क्रममा दुई वर्षअघि सभामुख तत्कालीन माओवादीको भागमा पारिएको थियो । त्यसैले अहिले पनि सभामुख पद आफूहरूले नै पाउनुपर्ने पक्षमा पूर्वमाओवादी नेता छन् भने पूर्वएमालेहरू पार्टी एकीकरण भइसकेपछि पुरानो भागबन्डामा अल्झिन नहुने तर्क गरिरहेका छन् । पूर्वएमाले वृत्तमा तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सभामुखको प्रबल दाबेदारका रूपमा हेरिएको छ भने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुख पदमा आफ्नो स्वाभाविक दाबी रहने बताउँदै आएकी छन् । पूर्वमाओवादीमा भने स्थायी समिति सदस्य अग्नि सापकोटालाई भावी सभामुखका रूपमा हेर्नेहरूको पंक्ति ठूलो छ । सापकोटालाई सभामुख बनाउन अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक देखिएका छन् । उक्त पदका लागि अन्य केही नेताको पनि दाबी रहेको दाहालनिकट स्रोतले उल्लेख गर्‍यो ।

सभामुख स्वतस् पूर्वमाओवादीको भागमा भएकाले यो विषयमा धेरै छलफल गर्नु नपर्ने स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए । ‘हामी पार्टी एकीकरण प्रक्रियाको चरणमै छौं,’ उनले भने, ‘व्यक्ति को हुँदै छ भन्ने कुरा गौण हो । सभामुखमा हामीले दाबी नै गर्नुपर्दैन । यो स्वतस् पाउने कुरा हो ।’ गजुरेलका अनुसार यो विषयमा पार्टी अध्यक्ष दाहालसँग पनि उनीहरूले छलफल गरेका छन् । ‘अध्यक्ष कमरेडले सभामुख पूर्वमाओवादीतिरैबाट हुनुपर्छ भन्ने धारणा बदल्नुभएको छैन,’ गजुरेलले भने । पार्टी एक भइसकेकाले पूर्वएमाले र पूर्वमाओवादी भनेर गरिएको तर्क नै गलत भएको उनले बताए । ‘त्यसो भए मन्त्रिपरिषद् पुनर्गठनमा उहाँहरूले हाम्रो भागमा किन पाँचवटा मन्त्री दिनुभएन रु’ गजुरेलले भने ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने पार्टी एक भइसकेकाले अब पूर्वएमाले र पूर्वमाओवादी भन्न नहुने बताए । ‘अब नेकपा एउटै पार्टी हो । मैले दुवै अध्यक्षलाई कुन कताको थियो भन्ने कुरा अब बिर्सौं भनेर सुझाव पनि दिएको छु,’ उनले भने । नेकपाको माथिल्लो कमिटीमा भने सभामुख चयनको विषयले प्रवेश पाएको छैन । ‘हामीले सभामुख चयनका विषयमा सचिवालय बठै कमा छलफल गरको छैनौं, सम्भवतस् २७ गते बस्ने सचिवालय बैठकमा यो विषयमा कुराकानी हुन्छ,’ नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्