Logo

माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन बन्ने



काठमाडौं, मंसिर २४ । काठमाडौं महानगरले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साढे दुई किलोमिटर सडकखण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ। काठमाडौं महानगरपालिका सहरी योजना आयोगले तयार पारेको गुरुयोजनाको मंगलबार भएको छलफल कार्यक्रमका सहभागीले तत्कालै गुरुयोजना कार्यान्वयन गर्न सुझाव दिए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले साइकलयात्रुसँगै पैदलयात्रुलाई सहज ढंगले व्यवस्थित गराउनेतर्फ महानगर अग्रसर भएको बताए। ‘सहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकल अत्यावश्यकजस्तै भइसक्यो,’ उनले भने, ‘ठूला सवारी, साइकलयात्रु र पैदलयात्रीसँग समन्वय गरेर अघि बढ्नुपर्ने देखिएको छ।’

प्रशासकीय अधिकृत न्यौपानेले काठमाडौं सहरको सडक सहरी चरित्रको भन्दा पनि राजमार्ग चरित्रको हुँदा यात्रुमैत्री हुन नसकेको बताए। ‘अब सहरी क्षेत्रमा सहरी खालकै सडकमा परिणत गर्न जरुरी छ,’ उनले भने, ‘महानगरभित्र साइकल लेनलाई उच्च प्रथामिकता राख्दै आइरहेका छौं।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्