Logo

‘राज्यबाटै मानव अधिकार उल्लंघन’



काठमाडौं, मंसिर २५ । गृहमन्त्री रामबहादुर थापाले नागरिकको अपेक्षाअनुसार सरकारले मानव अधिकार संरक्षण गर्न नसकेको स्विकारेका छन्। ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले सरकारले मानवअधिकार संरक्षण गर्न अझै माथि उठ्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

शान्ति, सुरक्षा कायम राख्न सबैसँग आग्रह गर्दै सरकाले मानवअधिकार संरक्षण प्रवद्र्धनमा राज्यले कानुनको निरुपण गर्नुपर्ने बताए। ‘संक्रमणकालीन न्याय व्यवस्थित गर्न कानुन संशोधनको प्रक्रियामा रहेको छ,’ मन्त्री थापाले भने, ‘संवैधानिक आयोगमा नियुक्तिको प्रक्रिया थालिएको छ।’



प्रतिक्रिया दिनुहोस्