Logo

देउवाविरुद्ध काँग्रेसमा मोर्चाबन्दी, असन्तुष्ट पक्षको बैठक



काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवाविरुद्ध असन्तुष्ट पक्षले मोर्चाबन्दी बलियो बनाएको छ । देउवाले पार्टी एकलौटी ढंगले चलाएको भन्दै असन्तुष्ट पक्षले बुधबार विहान छुट्टै भेला पनि गरेको छ ।

महामन्त्री सशांक कोइराला निवासमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायत सहभागी छन् । भेलाले देउवालाई विभागहरु थप्न नदिने रणनीति बनाएको छ । देउवाले आफ्नो पक्षकालाई भाग पुर्याउने नाममा विभाग थप्न लागेको भन्दै यसको विरोध हुँदै आएको छ ।

पार्टीको महाधिवेशन यसै वर्ष गर्नुपर्नेमा अवधि थप्न लागेकोमा पनि असन्तुष्ट पक्षले विरोध गर्दै आएको छ । महाधिवेशनमा
काँग्रेसमा सभापति देउवाले पछिल्लो समय पकड बलियो बनाउन आन्तरिक व्यवस्थापनमा लागेका छन् । उनले पौडेल पक्षधर नेताहरुलाई आफ्नो पक्षमा पार्न नयाँ रणनीति बनाइरहेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्