Logo

सागका पदक विजेतालाई प्रधानमन्त्री ओलीले विशेष प्याकेज घोषणा गर्ने



काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एशियाली खेलकुद सागका पदक विजेता नेपाली खेलाडीका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्ने भएका छन् । उनले सागमा पदक जित्ने खेलाडीलाई प्रोत्साहनस्वरुप प्याकेज घोषणा गर्ने भएका हुन् ।

प्रधानमन्त्रीले घोषणा गर्ने प्याकेज मन्त्रिपरिषद्को बैठकले पारित गरी प्रदान गरिने भएको छ । यसका लागि प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयका मन्त्री देखि मुख्यसचिव सम्मलाई निर्देशन दिइसकेका छन् । बिहिबार मन्त्रिपरिषद बैठक बसी सागका पदक विजेता खेलाडीका लागि विशेष प्याकेजको प्रस्ताव पारिने गरिने तय भएको छ ।

नेपालले सागमा ५१ स्वर्ण, ६० रजत र ९५ काँस्यसहित कुल २०६ पदक जितेको छ । सरकारले स्वर्ण, रजत र काँस्य पदक विजेता खेलाडीलाई आर्थिक एवं अन्य पुरस्कार दिने तयारी गरेको छ । यसपटक नेपालले ऐतिहासिक सफलता हासिल गरेकाले खेलाडीलाई विशेष सम्मान गरिने तयारी समेत भएको छ ।



प्रतिक्रिया दिनुहोस्