Logo

स्वर्णपदक विजेता नेपाली फुटबल टोलीलाई ऋषि धमलाको बधाई (फोटोफिचर)



काठमाडौं, २५ मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले १३औँ दक्षिण एशियाली खेलकूद (साग) को फुटबलमा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

धमला मंगलबार सागको समापन समारोहमा सहभागी हुँदा फुटबलमा स्वर्णपदक दिलाएको नेपाली फुटबल टिमलाई भेटेरै बधाई ज्ञापन गरेका थिए । उनले सागको पूरा प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार समेत व्यक्त गरेका छन् ।

साथै उनले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्