Logo

प्रधानमन्त्री ओलीद्धारा सागमा स्वर्ण पदक विजेता खेलाडीलाई ९ लाख दिने घोषणा (फोटोफिचर)



काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सम्पन्न भएको १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई नौ लाख दिने घोषणा गरेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खेलाडीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले स्वर्णलाई ९ लाख, रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने घोषणा गरे । कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिए ।

टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख रुपैयाँ पाउनेछन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्