Logo

गौरिकाले ११ लाख मात्र पाउने



काठमाडौं, २५ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेलकुदमा नेपालका लागि चार स्वर्ण, दुई रजत र एक काँस्य जित्ने पौडीवाज गौरिका सिंहले सरकारबाट ११ लाख रुपैयाँ मात्र पाउने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष प्याकेज घोषणा गर्दा एक भन्दा बढी पदक जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ दिने उल्लेख भएबाट गौरिकाले ११ लाख रुपैयाँ पाउने भएकी हुन् ।

पदकको संख्याका आधारमा प्याकेज रकम पाउने हो भने गौरिकाले ५० लाख रुपैयाँभन्दा बढी प्राप्त गर्ने थिइन् । उनको चार स्वर्णको मात्र नौ लाखका दरले ३६ लाख हुन आउँथ्यो । तर, सरकारले पदक संख्याभन्दा खेलाडी संख्या हेरेर पुरस्कार घोषणा गरेको छ ।

सागमा दुई पदक जित्ने अन्य खेलाडी बराबर नै गौरिकाले नगद पुरस्कार प्राप्त गर्नेछिन् । ऐतिहासिक चार स्वर्ण जितेकी गौरिका नेपालको खेल इतिहासमा गौरवशाली नाम बनिसकेकी छिन् । ओलम्पियन समेत रहेकी उनले यसपटक सागको समापनमा राष्ट्रिय झण्डा समेत उचालिन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्