Logo

गौरिका ढाकाको चोली र साडीमा बालुवाटार पुग्दा…



काठमाडौं, २५ मंसिर । ढाकाको चोली, साडी अनि कोट । नेपालकी खेल नायिका गौरिका प्रधानमन्त्री निवास बालुवाटारमा यस्तो अवतरामा देखिइन् । सबैजसो खेलाडी ट्रयाक सुटमा देखिंदा गौरिकाको पहिरन फरक थियो ।

गौरिकाको पहिरन हेरेर प्रधानमन्त्री केपी शर्मा ओली निकै खुशी भए । गर्वका साथ तस्बिर खिचे । गौरिका ओलीसँग तस्बिर खिचाइरहँदा मुस्कुराइन् । प्रधानमन्त्री ओली पनि मुस्कुराइरहे । तर, उनको मुहारमा भावुकताको झलक देखिन्थ्यो । ओलीले गौरिकालाई स्वाबासी दिए ।
गौरिकालाई पहिरन निकै सुहाएको थियो । उनको पहिरन हेरेर प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि खुशी भइन् । उनको ध्यान गौरिकाको पोशाकमा गयो । केही बेर हेरेको हेरै भइन् ।

बाबु पारस सिंह र आमा गरिमा राणासँगै बेलायतमा बसेपनि गौरिका नेपालका लागि खेल्छिन् । नेपाली हुनुमा गौरव गर्छिन् । त्यसैले आफूलाई नेपाली होइन भन्दा दुःख लागेको बताइसकेकी छिन् ।

१३ औं सागमा नेपालका लागि ऐतिहासिक चार स्वर्ण, दुई रजत र तीन काँस्य जितेकी गौरिका अहिले देश र विदेशमा छाएकी छिन् । उनको सर्वत्र चर्चा छ । Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्