Logo

महङ्गो खेलमा गरिब नेपालीको छोरोले दिलाएको स्वर्ण



काठमाडौं, २५ मंसिर । गल्फ सँसारकै सबैभन्दा महङ्गो खेलमध्ये हो । यसलाई पाका र धनाढ्यहरुको खेल पनि भनिन्छ । तर, नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा गल्फमा स्वर्ण जित्ने खेलाडी गरिब मजदूरका छोरा हुन् ।

सुवास तामाङ दक्षिणी ललितपुरका बासिन्दा हुन् । दक्षिणी ललितपुरलाई अर्को कर्णाली पनि भनिन्छ । कोन्ज्योसोम गाउँपालिकाका सुवास गल्फ कोर्समा कामदारका रुपमा छिरेका हुन् । तर, उनले काम गर्दै गल्फ खेलेपनि ।

उनले गल्फ खेल्दा लगाउने पोशाक र प्रयोग गर्ने सामाग्री समेत अरुबाट उपहारका लागि प्राप्त गरेका हुन् । ३ कक्षामात्र अध्ययन गरेका सुवासले एउटामात्र नभई दुईवटा स्वर्ण पदक दिलाए । एकल प्रतिष्पर्धा र टिम स्पर्धामा उनले स्वर्ण दिलाएका हुन् ।

सुवासका बाबु अहिले पनि गाउँमा देनिक ज्यालादारी गरेर गुजारा चलाइरहेका छन् । आमाको खुट्टा राम्ररी चल्दैन । पारिवारिक समस्याले पनि सुवासलाई खेलबाट रोकेन । इच्छाशक्ति भएपछि मानिसले जस्तोसुकै चुनौती पार गरेर जित हासिल गर्न सक्छ भन्ने उदाहरण बनेका छन् सुवास । Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्