Logo

प्युठानका सडक डिभिजन प्रमुख अख्तियारको फन्दामा



काठमाडौं, २५ मंसिर । सडक डिभिजन कार्यालय प्युठानका प्रमुख (सि.डि.ई) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन लाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार २० लाख घुस लिएको अभियोगमा काठमाडौंको रोयल अलिना क्याफेबाट पक्राउ गरेको हो ।

सडक निर्माणको काम भइरहेको कामको भुक्तानीको लागी रनिङ बिल पेश गरेकोमा कामको मुल्याकंन गर्दा निर्माण सम्पन्न भएको कामको विवरण घटाई रनिङ बिलको भुक्तानीको लागी घुस माग गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा अख्तियारले पक्राउ गरेको जनाएको छ ।

उनीहरुले २० लाख घुस वापत् रकम लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्