Logo

नयाँ कारमा गधा बाँधेर हिंडेपछि (भिडियो सहित)



आफ्नो कार धेरै पटक बिग्रिएर हैरान भएपछि यसका मालिक विक्रेताकोमा पुगे । कार थियो एमजी हेक्टर । कारको शो रुमसम्म पुग्दा समेत बेवास्ता भएपछि उनी निराश भए । त्यसपछि कार मालिकले आफ्नो कारमा गधाको पोस्टर राखेर हिंडे ।

उनले उक्त कार केहीदिन अघि मात्र किनेका थिए । कारका मालिक थिए जयपुरका विशाल पंचालीको हुन । जम्मा १५०० किलोमीटर मात्र गुडेको गाडीमा लगातार समस्या आएपछि शो रुपमा जाँदा पनि बेवास्ता भएको थियो । विशालले आफ्नो कारमा गधाको पोस्टर राखे । पछि साँच्चैको गधा राखेर कारलाई पनि तानेर हिड्न थालेपछि सामाजीक संजालमा उक्त भिडियो भाइरल बनेको छ ।

उता कार कम्पनिले भने विशाललाई आफ्नो ब्राण्डको बारेमा दुष्प्रचार गरेको कारण आफुहरुलाई नोक्सान पुगेको भन्दै कारबाही अघि बढाउने भएको छ । कार कम्पनि बदनाम भएर बर्बाद भएको ठान्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्