Logo

अदुवा यी रोगका औषधी



अदुवा प्राय मसलाको सुचीमा समावेश हुँदैन तर यसको उपयोगीता भने कम छैन । यसको स्वाद मसलाको भन्दा केहि कम हुदैन । विवाह, वर्तबन्ध,भोज होस वा दैनिक जिवनमा होस अदुवाको प्रयोगले भोजन स्वादिष्ठ बनाउनुको साथै चिसो हुनबाट जोगाउछ ।

पवित्र अदुवा
अदुवा संस्कृत शब्द अर्धकको अपभ्रंश हो यसले सुख्खापन हटाएर वृद्धि समेत गर्दछ । अदुवालाई सात्विक मानिन्छ र ब्रम्ह्रचारी बौद्ध भिक्षुहरुले पनि यसलाई आफ्नो भोजनमा समावेश गर्दछन् ।

सबै मौसममा ठिक
अदुवा गुणस्तर भनेको भोजनलाई स्वादिष्ठ बनाउनु हो । यसले गर्मीमा शरीर र दिमागलाई शान्त बनाउँछ र जाडोमा चीसो मसलाको रुपमा चियामा पनि प्रयोग हुन्छ । अदुवालाई सकाएर सुठानी बनाइन्छ । जुन महिलाहरु सुत्केरी भएको बेलामा प्रयोग गरिन्छ ।

खोकी हटाउने
अदुवालाई औषधीको रुपमा प्रयोग गर्न पनि सकिन्छ । शरीरमा पाचनसंगै कफलाई पनि राहत दिन्छ ।



प्रतिक्रिया दिनुहोस्