Logo

देउवा असफल सभापति, नसच्चिए हटाइन्छ : पौडेल(भिडियोसहित)



काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा असफल सभापति भएको जिकिर गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै पौडेलले देउवाको यो कार्यकालमा कांग्रेस निकै कमजोर भएको र त्यसको कारण सभापति देउवा नै भएको आरोप लगाएका हुन् ।

निर्वाचनमा पराजय मात्र नभै पार्टीलाई सही ढंगले संचालन गर्न नसकेको पौडेलको आरोप छ । भातृ संगठनहरु लथालिङ्ग पार्नेदेखि विभागहरुको गठन गर्न नसक्नेसम्मका कमजोरी पौडेलले औँल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्