Logo

पुरस्कार रकममा खेलाडिको असन्तुष्टी : भिडियो हेर्नुहोस



काठमाण्डौ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको घोषणा अनुसार १३ औं सागका पदक विजेतालाई दिने रकमबारे सरकारी अधिकारीहरु नै अस्पष्ट देखिएका छन् ।

व्यक्तिगत तर्फ स्वर्ण जित्नेलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा भए पनि दुई वा दुईभन्दा बढी पदक विजेतालाई दिने रकममा उनीहरूबीच द्विविधा देखिएको हो ।

यता टिम इभेन्टका खेलाडिहरुले असन्तुष्टी जनाएका छन् । रजत पदक जित्नेले ६ लाख पाउँदा आफूहरुले स्वर्ण जित्दा पनि ५ लाख मात्रै पाएको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् । फुटबल, बास्केटबल, भलिबल जस्ता टिम इभेन्टका खेलाडिहरुले असन्तुष्टी जनाएका हुन् ।

टिम इभेन्टमा स्वर्ण जित्नेको पुरस्कार बताएपनि रजत र काश्य जित्नेका बारेमा भने कतै उल्लेख गरिएन ।

फुटबल, कराते, तेक्वान्दोमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो । यस्तै बास्केटबल, कबड्डी, भलिबल लगायतका टिम इभेन्टमा नेपालले रजत पाएको थियो । अब उनीहरुले पुरस्कार कसरी, के आधारमा पाउछन भन्ने अन्योलमा खेलाडी रहेका छन ।

कार्यक्रममा टिम इभेन्टमा दोस्रो र तेस्रो स्थानमा रहने खेलाडीका बारेमा केहि नबोलिदा प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी खेलाडी विच केहि अन्योलता देखिएको थियो ।

तर पछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले गरेको घोषणामा गौरिकाले चार स्वर्ण जितेकाले उनले एक स्वर्ण बराबर ११ लाख पाउने बताए । तर पुरस्कार घोषणामा भने प्रष्ट पारिएको थिएन ।

४ स्वर्ण जितकी गौरिका सिंहले ४४ लाख त्यसबाट रजतबाट थप १२ लाख गरि कम्तिमा ५६ लाख पाउने छिन् ।



प्रतिक्रिया दिनुहोस्