Logo

टाइम वर्ष व्यक्ति बनिन् १६ वर्षीया ग्रेटा



१६ वर्षीया ग्रेटा थनवर्ग विश्वप्रशिद्ध टाइम म्यागाजिनको वर्षव्यक्ति घोषित भएकी छिन् । टाइमको वर्षको अन्तिमतिरको संस्करणमा ग्रेटाको तस्बिर छापिएको छ ।

स्वीडेनकी ग्रेटा वातावरण अभियन्ता हुन् । उनको विश्वभर चर्चा छ । ग्रेटाले मौसम परिवर्तनसम्बन्धि अभियान चलाएर संसारको ध्यानाकर्षण गरेकी छिन् । उनले मौसम परिवर्तनको अभियानमा विद्यालय हडतालको अभियान समेत गरेकी थिइन् ।

ग्रेटा नोबल पुरस्कारकी दाबेदार पनि हुन् । यस वर्षको नोबल पुरस्कार उनैले पाउने अनुमान गरिएपनि पाइनन् ।



प्रतिक्रिया दिनुहोस्