Logo

२६ मंसिर बिहिबार सार्वजनिक बिदा छैन



काठमाडौ, २५ मंसिर । सरकारले बिहिबार सार्वजनिक बिदा नभएको प्रष्ट पारेको छ । गृह मन्त्रालयका अनुसार बिहिबार सार्वजनिक बिदा छैन ।

केही सामाजिक सञ्जालमा सार्वजनिक विदा भन्ने उल्लेख भएको तथा धेरैमा विदाबारे अन्यौल भएको सन्दर्भमा गृहमन्त्रालयले यसबारे स्पष्ट पारेको हो ।
गृहमन्त्रालयले सूचना विभागले सर्वाजनिक गरेको क्यालेण्डरमा उल्लेख भएका बाहेक अन्य कुनै सार्वजनिक विदा दिने निर्णय नभएको बताएको छ ।

सूचना विभागको क्यालेण्डरमा २६ गते योमरी पुन्हि, किरात राई याख्या, सुनार, लिम्बु,जातिको उद्यौली पर्व सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र विदा भन्ने उल्लेख गरेको छ । यसबाहेककालाई बिदा छैन ।

विगतमा सो पर्वमा सार्वजनिक विदा दिने गरे पनि अहिले सम्बन्धित धर्म र संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र विदा भन्ने रहेको छ ।



प्रतिक्रिया दिनुहोस्