Logo

स्वर्ण विजेतालाई नौ लाख



काठमाडौं, २६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकूद सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सम्मान कार्यक्रममा उक्त प्याकेजको घोषणा गरेका हुन्।

त्यस्तै सरकारले रजत पदक जित्नेलाई ६ लाख र कास्य पदक जित्नेलाई ३ लाख दिने भएको छ। यता दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले भने ११ लाख पाउने छन्। गौरिका सिंह, आयाशा शाक्य लगायतका खेलाडीले ११ लाख रुपैयाँ पाउने भएका हुन्। प्रतियोगितामा नेपालले ५१ वटा स्वर्ण जितेको थियो। प्रतियोगितामा नेपालले ५१ वटा स्वर्ण जितेको छ। त्यस्तै ६० वटा रजत र ९५ वटा कास्यसंगै कूल २०६ पदक नेपालले जितेको हो।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्