Logo

कुदाउनुअधि बसमुनि नहेर्दा बालकको किचियर मृत्यु



काठमाडौं, मंसिर २६ । मोरङको बेलबारी–५ रामपुरमा रोकिएको सवारीसाधन फुत्तै कुदाउदा  बालकको मृत्यु भएको छ । रोकेको अवस्था रहेको उक्त बसमुनि बालक छिरेको चालकलाई थाहानहुदा बालकको मृत्यु भएको हो ।

शिशुको घटनास्थलमा नै मृत्यु भएको छ । स्थानिय प्रमोद साह र शिवकुमारी साहका कान्छा छोरो छोरा यसराजको घटनामा मृत्यु भएको हो । जेठो छोरोलाई लिन आएको स्कुल बसमुनि किचियर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकसंगै रहेको घरको आगनमा खेल्दै गरेका बालक गाडीमुनि कतिखेर पुगे उनको आमा, गाडी चालक तथा अन्य विद्यार्थीले नदेख्दा घटना हुन पुगेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्