Logo

अस्पताल हाताभित्रै नियमविपरीत मेडिकल



जुम्ला, मंसिर २६ । कर्णाली प्रदेशकै स्वास्थ्य क्षेत्रको स्वास्थ्य हबका रूपमा रहेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रै वर्षाेदेखि निजी मेडिकल सञ्चालनमा छन् ।

प्रतिष्ठान हाताभित्र निजी मेडिकल खोल्न नपाइने अदालतको आदेश उल्लंघन गर्दै प्रतिष्ठानमै निजी मेडिकल सञ्चालन गरेर अदालतको आदेशको उल्लंघन गरिएको हो ।स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र मेडिकल सञ्चालन गर्नु अस्पताल फार्मेसी निर्देशिका २०७० को विपरीत हो ।

तर, निर्देशिकाविपरीत निजी फार्मेसी सञ्चालन गरिएका छन् । यति मात्र नभई निजी फार्मेसीले चर्को मूल्यमा औषधि पनि बिक्री गरिरहेको छ । प्रतिष्ठान हाताभित्र बिरामीको सहजताका लागि नेपाल रेडक्रसले ब्लड बैंक स्थापना गरेको थियो ।

तर, ब्लड बैंकमा कहिल्यै रगत हुँदैन । अहिले पनि प्रतिष्ठानमा रगत अभाव हुँदा नेपाली सेनाको भर पर्नुपर्ने बाध्यता छ । अस्पताल परिसरमा भएका अन्य संघसंस्था र सेवा प्रदायक निकायले स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहेर काम गर्ने व्यवस्था गरिएको भए पनि उक्त कार्य पूर्ण रूपमा पालन हुन सकेको देखिँदैन ।

उक्त भवनमा ब्लड बैंक स्थापना भए पनि सञ्चालनमा छैन । अस्पताल प्रशासन र रेडक्रसको मिलेमतोमा निजी मेडिकल सञ्चालन गरिँदै आएको छ । यस्तै, अस्पताल हाताभित्र कुनैपनि व्यक्तिलाई भाडा वा ठेक्कामा फार्मेसी खोल्ल नदिने भनी १३ असार २०७२ मा सर्वोच अदालतले आदेशसमेत दिएको थियो । उक्त आदेशमा अस्पतालबाट फार्मेसी सञ्चालन गर्ने, सरकारबाट घोषित निःशुल्क औषधि वितरणको व्यवस्था गर्नुपर्ने बताइएको थियो ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्