Logo

उच्च पहाडी र हिमाली भू–भागमभारी हिमपात



काठमाडौं,मंसिर २५ । नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा बिहीबार भारी हिमपात हुने सम्भावना रहेको छ। बुधबार साँझ नेपालको पश्चिमी भूभागबाट निम्न चापिय प्रणालीको प्रवेश गरेसँगै मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार बिहान ६ बजे निकालेको बुलेटिनमा देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमासमेत हल्कादेखि मध्यम हिमपातको हुने उल्लेख गरेको छ।
न्युन चापिय प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। बुलेटिनमा भनिएको छ, पश्चिमी भू–भागका धेरै स्थानमा, मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ।

बुधबारबाट सुरू भएको यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने छ। महाशाखाले उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुँदा तापक्रममा गिरावट हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्