Logo

महाकाली सिँचाइको नहरमा युवक मृत भेटिए



भीमदत्तनगर, २६ मङ्सिर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् ।

आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

“प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ”, प्रवक्ता चन्दले भने, “घटनास्थलबाट प्रहरीले गम्भीर अनुसन्धान शुरु गरेको छ ।” घटनास्थलको प्रहरीे टोली मचुल्का गरिरहेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्