Logo

एक भन्दा बढी स्वर्ण जित्नेलाई प्रतिस्वर्ण ११ लाख- पिताम्बर तिमिल्सिना



काठमाडौं, २६ मंसिर । राष्ट्रिय खेलकूद परिषद्का उपध्यक्ष पिताम्बर तिमिल्सिना विद्यार्थी राजनीतिबाट खेल पदाधिकारीका रुपमा प्रवेश गरेका हुन् । जुझारु स्वभावका तिमिस्लिनाले सागका पदक विजेतालाई दिइने पदकबारे स्पष्ट पारेका छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
प्रधानमन्त्रीले घोषणा गर्नुभएको पुरस्कारमा खेलाडीहरु सन्तुष्ट भएनन् नि ?
बुझाइमा कमी भएकाले त्यस्तो देखिएको हो । खेलाडीहरु सबै सन्तुष्ट हुनुहुन्छ । हामीले खेलको समय २४ सैं घण्टा राख्नुहुँदैनथ्यो । खेलाडीहरुमा पर्न गएको कन्प्mयुजनको लागि हामीले हिजै क्लियर गरिसकेका छौं ।
एक मात्रै खेलमा स्वर्ण ल्याउने ९ लाख दिने भन्नुभयो, दुईभन्दा बढी स्वर्ण र कास्य र रजतपदक जित्ने सबै ११ लाख भन्नुभएको हो ?
होइन । यो अन्डर ओलम्पिकको गेम हो । ओलम्पिकमा विजेताको पुरस्कारहरु स्पष्ट लेखिएका हुन्छन् । त्यसमा पदक दिने र्याङकिङ हु्न्छ । त्यही अनुसार पुरस्कार दिइन्छ । यहाँले सोध्न खोज्नुभएको एक मात्र ९ लाख गोल्ड मेडल ल्याउनेलाई, दुई वा दुईभन्दा बढी गोल्ड मेडल ल्याउनेलाई ११ लाख दिने निर्णय गरेका छौं ।
११ लाख दिँदा ४ वटा ल्याउनेलाई कति ?
४ वटा गोल्ड मेडल ल्याउने ४४ लाख पाउनुहुन्छ । यसरी स्पष्ट हुनुपर्छ । अमेरिकामा ओलम्पिक गेम हुँदा एउटा खेलाडीले १६ वटा गोल्ड मेडल ल्याएर विश्वकिर्तिमान बनाउनुभयो । विश्वमा किर्तिमान बनाएकाले उहाँ गिनिज बुकमा नाम लेखाउन सफल हुनुभयो । त्यस्तै सृंखला जोडिएर गौरीकाले ४ वटा गोल्ड मेडल ल्याएउनुभएको छ । त्यसलाई हामीले व्यक्तिको मेडल हेर्ने होइन, इभेन्टको हेर्ने हो । त्यसैले एकभन्दा बढी गोल्ड मेडल ल्याउनेले ११ लाखको दरले प्राप्त गर्नुहुन्छ ।
काँस्य र रजत पदक जित्नेलाई किन नदिने ?
रजत र कास्य पदक जित्नेलाई पनि त्यही अनुसार हामीले दिनुपर्छ ।
त्यसमा पनि ११ लाखकै दरले दिनुहुन्छ ?
त्यसमा ११ लाख हुँदैन । रजत र कास्यका लागि ३ र ६ लाख तोकिएको त्यही आधारमा दिने हो । यसमा एउटा इभेन्टको लागि खेलेको हुन्छ, व्यक्तिको लागि होइन ।
रजत र काँस्यको लागि जति तोकिएको त्यही अनुसार हुन्छ ?
त्यहीअन्तर्गत जोडिएर जान्छ ।
रजत र काँस्यको लागि फरक हुँदैन ?
यसमा उहाँहरुले जति पदक जित्नुभएको छ, त्यही अनुसार जोडिएर जान्छ । फरक हुँदैन ।
तर टिमको कुरा आयो नि ?
टिममा पनि त्यसैगरी आउँछ । एक इभेन्टमा ५ लाख गोल्ड मेडललाई भनिएको छ भने रजत र काँस्यलाई पनि त्यो तल आउनेलाई त्यही ढंगबाट मेनेज गरेर दिनुपर्छ । यसभन्दा अगाडिको पनि कार्यविधि छ, त्यसको आधारमा प्रधानमन्त्रीले डबलको आधारमा घोषणा गर्नुभएको छ । कास्य र रजत पाउनेले पनि कन्फ्युज खेलाडीले हुनुहुँदैन । यसमा खेलकूद परिषद् छ, प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ । टिम इभेन्टमा गोल्ड मेडललाई पाँच, रजत र काँस्यलाई एक र दुई लाख थियो, त्यसलाई बढाएर दिन्छौं ।
त्यसोभए रजत पदक जित्नेले ६ लाख पाउने भयो हो ?
हो, ६ लाख पाउने भयो । व्यक्तिगत खेलको तर्पmबाट ।
स्वर्णपदक जित्ने समूहलाई पाँच–पाँच लाख पाउने भन्नुभएको छ नि ?
हो उहाँहरुले पाँच–पाँच लाख पाउनुहुन्छ ।
फुटबल खेलाडीको गुनासो छ नि ?
यसलाई गुनासो रहने वातावरण दिनुहुँदैन, त्यसैले आजै क्लियर गर्छौं ।
कसरी क्लियर गर्नुुहुन्छ ?
यो अण्डर ओलम्पिक गेम हो । फुटबल खेलाडीको टिम इभेन्टको कुरा आउँछ । यसभन्दा अगाडि गोल्ड मेडल प्राप्त ६ लाख थियो, त्यसपछि ४ लाख र ३ लाख मात्रै थियो । यसभन्दा अगाडिका टिम इभेन्टका खेलाडीहरुलाई ३ लाख रुपैयाँ दिने गरिएको थियो । अहिले त्यसलाई २ लाख बढाएर ५ बनाएका छौं । सिल्भरको २ थियो त्यसलाई ४ लाख बनाएका छौं । गोल्ड मेडल दिलाउने टिम इभेन्टका खेलाडीलाई अरु १ थपेर ६ नै बनाउने हो कि भन्ने पनि छलफल भएको छ ।
त्यसोभए गोल्ड मेडल दिलाउने टिमका खेलाडीहरुलाई ६ लाख पुर्याउने ?
छ लाख पुर्याउने कुरा भएको छ । हिजो घोषणा गर्ने बेलामा अहिले तयारी भएन । कार्यविधिमा ३ लाख थियो । हतारमा ५ लाख भनियो ।
किन छलफलै नगरी हतारमा गर्नुहुन्छ ?
प्रधानमन्त्रीसँग बसेर छलफल गर्न ढिला भएको थियो । त्यसले आज मिलाएर सम्बोधन गर्ने छौं ।
आज खेलकुद परिषद्को सम्बोधन आउँछ ?
हो, आज हामी छलफल गरेर सच्याएर सम्बोधन गर्दछौं ।
फुटबल खेलाडीले भनेका छन्, ‘हामीले नेपाललाई चिनायौं तर सरकारले हामीलाई चिनेन’ के भन्नुहुन्छ ?
खेलाडीहरुले पहिलो कुरा निराशा हुनुपर्ने कामै छैन । योभन्दा अगाडिका र अहिलेको पुरस्कारलाई हेर्दा नै छर्लङग हुन्छ । प्रधानमन्त्रीले पनि खेलाडीहरुको गुनासो कर्त सुनिनु हुँदैन भनेर । उहाँहरुले पनि के बुझ्नुपर्छ भने अरु क्षेत्रमा दिएको कुरामा कुनै–कुनै पक्षबाट रोधाभासहरु आउँछन् । तर, खेलाडीहरुले पाएकोमा सबैले सम्मान र समर्थन जनाएका छन् । कतै कमी भयो कि भनेर आफ्नो लागि चिन्ता लाग्नु स्वभाविक हो । तर, तपाईंहरुले राष्ट्रको लागि खेल्नुभएको छ । त्यसैले सबै नेपाली र नेपाल खेलकुद परिषद्को अनि नेतृत्वको सहयोगले सम्भव भएको हो । त्यसैले खेलाडी लगायत सबैलाई धन्यवाद दिन चाहन्छु ।



प्रतिक्रिया दिनुहोस्