Logo

सागमा फुटबलसहित टिम इभेन्टमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ६ लाख



काठमाडौं, २६ मंसिर । सरकारले १३ औं दक्षिण एशियाली खेलकुद (साग) का पदक विजेतालाई विशेष पुरस्कार घोषणा गरेपनि अन्यौल उत्पन्न भएको छ । सागमा स्वर्ण जित्नेलाई नौ लाख र थप स्वर्ण जित्नेलाई ११ लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्ट पारेका छन् ।

राष्ट्रिय खेलकूद परिषद्का उपध्यक्ष पिताम्बर तिमिल्सिनाले खेलाडीहरुलाई कन्फ्युजन परेकाले स्पष्ट पारिसकेको जानकारी दिएका छन् । उनले ऋषि धमलासँगको अन्तवार्तामा एक मात्र स्वर्ण जित्नेलाई ९ लाख र दुई वा दुईभन्दा बढी स्वर्ण ल्याउनेलाई ११ लाख दिने निर्णय गरेको जानकारी दिए ।

तिमिल्सिनाले चारवटा स्वर्ण ल्याउनेले ४४ लाख पाउने स्पष्ट पारे । उनले भने, ‘एकभन्दा बढी गोल्ड मेडल ल्याउनेले ११ लाखको दरले प्राप्त गर्नुहुन्छ ।’ रजत र काँस्य पाउनेले ६ र ३ लाख दिइने बताए । टिम इभेन्टलाई स्वर्णमा प्रति खेलाडी पाँच लाख दिने निर्णय भएको छ ।
रजत र काँस्यको विषयमा जति पदक जितेको हो त्यो अनुसार जोडिएर जाने बताए । एक इभेन्टमा ५ लाख गोल्ड मेडललाई भनिएको र रजत र काँस्यलाई पनि त्यो तल आउनेलाई त्यही ढंगबाट व्यवस्थापन गरेर दिनुपर्ने बताए ।

टिम इभेन्टमा स्वर्ण पदकलाई पाँच, रजत र काँस्यलाई एक र दुई लाख दिने भनेकोमा बढाएर दिइने बताए । अब टिम इभेन्टमा स्वर्ण पदक जित्नेले ६ लाख पाउने उनको भनाई थियो । स्वर्ण पदक जित्ने समूहलाई अलग्गै पाँच लाख प्रदान गरिने बताए ।

तिमिल्सिनाले भने, ‘टिम इभेन्टमा स्वर्ण पदक जित्नेलाई २ लाख बढाएर ५ बनाएका छौं । सिल्भरको २ थियो त्यसलाई ४ लाख बनाएका छौंै । गोल्ड मेडल दिलाउने टिम इभेन्टका खेलाडीलाई अरु १ थपेर ६ नै बनाउने हो कि भन्ने पनि छलफल भएको छ ।’ राष्ट्रिय खेलकुद परिषद्ले बिहिबार सच्याएर समबोधन गर्ने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्