Logo

समता तथा समावेशी शिक्षा कार्यक्रम



गौशाला, २६ मङ्सिर : महोत्तरीको ५ वटा स्थानीय तहमा बालकक्षा शिक्षण कार्य प्रभावकारी बनाउन एक साथ समता तथा समावेशी शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।

युनिसेफ र विश्व शिक्षाको सहयोगमा जिल्लाको राम गोपालपुर, मटिहानी नगरपालिका तथा सम्सी, एकडारा, महोत्तरी गाउँपालिकामा सो कार्यक्रम सञ्चालन हुने भएको हो । समाज विकास केन्द्र महोत्तरीको संयोजनमा सञ्चालन हुने सो कार्यक्रमबाट ७६ सामुदायिक विद्यालयका १३ हजार ५४३ बालबालिकालाई पठनपाठनमा सहयोग पुग्ने विश्व शिक्षा महोत्तरीका कार्यक्रम अधिकृत रिशु चौधरीले बताए । कक्षा १ देखि ३ सम्मका बालबालिकाको सिकाइलाई गुणस्तरीय बनाउन सो कार्यक्रम सञ्चालन हुने भएको अधिकृत चौधरीले जानकारी दिए ।

मातृभाषाको माध्यमबाट कसरी सिकाइ उपलब्धि हासिल गर्ने विषयमा १८ विद्यालयका ३२ शिक्षकलाई पहिलो चरणअन्र्तगत तालीम दिइरहेको समाज विकास केन्द्र महोत्तरीका कार्यक्रम संयोजक अनवर प्रवेजले बताए । कार्यक्रमअन्तर्गत १८७ शिक्षकलाई तालीम दिइनेछ ।रासस



प्रतिक्रिया दिनुहोस्