Logo

भीआइपी विदेश जान लाग्यो कि छापामार शैलीमा पुग्छन् व्यापारी



काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री देखि मन्त्री भेट्न सल्लाहकारले व्यापारीहरुलाई अवरोध गरिदिने गरेका छन् । काम लिएर पुग्न खोज्दा समय नपाउने र पिए देखि सल्लाहकारसम्मलाई भन्दा पनि अलमलाउने । यो शैलीका कारण उद्दोगी व्यवसायीले नयाँ रणनीति बनाएका छन् ।

प्रधानमन्त्री देखि मन्त्रीहरु विदेश भ्रमणमा जाने सूचना मात्र नभएर कुन वायुसेनाको कुन सिट नम्बरमा जाँदैछन् भन्ने सम्मको सूचना लिन थालेका छन् । यो सुरक्षाका दृष्टिले गम्भीर विषय बनेको छ । कतिपयले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका वरिष्ठ मन्त्रीहरु विदेशमा हुँदा सूचना निकालेर सँगै विमानमा यात्रा समेत गरेका छन् ।

यात्राको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेर भजाएर खानेहरु समेत देखिएका छन् । प्रधानमन्त्री ओली सिंगापुरमा उपचारका लागि जाँदा उनलाई भेट्न गएको र उनीसँगै गएको भनेर हल्ला चलाउनेहरु पनि देखिए । केही वरिष्ठ मन्त्रीहरुसँगै विमानमा व्यवसायीहरु देखिए । कतिपयले व्यवसायीसँगै गएको हो कि भन्ने समेत ठाने । तर, वास्तवमा उनीहरु योजनावद्ध तरिकाले पुगेका रहेछन् । नाम भजाउने अनि काम मिलाउने । यसरी रणनीतिक तरिकाले जानेमा नाम चलेका व्यापारी देखि विवादमा मुछिएकाहरु समेत छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्