Logo

गौरिकाले ५९ लाख पाउने



काठमाडौं, २६ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालकी सर्वाधिक पदक विजेता पौडीवाज गौरिका सिंहले ५९ लाख रुपैयाँ नगद पाउने भएकी छिन् । उनले चार स्वर्ण, दुई रजत र तीन काँस्य दिलाएवापत उक्त पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले जानकारी गराएका हुन् ।

‘गौरिका सिंहले ५९ लाख पाउनुहुनेछ,’ रिपोर्टर्स क्लब नेपालमा सिलवालले भने । चार स्वर्णको ४४ लाख, दुई रजतको १२ लाख र टिम इभेन्ट्सको काँस्यतर्फको तीन लाख गरी कुल ५९ लाख रकम पाउने भएकी हुन् ।

सरकारले पदक विजेता खेलाडीहरुलाई विशेष पुरस्कार घोषणा गरेपछि यसबारे अन्यौल भइरहँदा सिलवालको भनाई बाहिर आएको हो । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले ११ लाखका दरले पुरस्कार पाउने तय गरिएको थियो ।

गौरिकाले व्यक्तिगत तर्फ चार स्वर्ण र दुई रजत जितेकी हुन् । उनले टिम इभेन्ट्समा काँस्य जितिन् । १३ औं सागमा गौरिकाले ऐतिहासिक चार स्वर्ण दिलाएर किर्तिमान बनाइसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्