Logo

फिल्म हल बन्द हुँदै



आजभोली विगतको तुलनामा धेरै फिल्म बनेका छन् । जति धेरै फिल्म बनेपनि नाफा कमाउने भनेको २-४ वटा फिल्मले मात्र हो । लगानी उठाउन नै धेरैलाई मुस्किल पर्छ । केही वर्ष यता नेपालको ब्रान्ड बनिसकेको फिल्मको टिमको फिल्मलाई मात्र मन पराएका छन् । मुनाफामा रहेको फिल्मको सूची हेर्ने हो भने यो पुष्टि हुन्छ ।

यस वर्ष महजोडी प्रति दर्शकको आशा भएका कारण फिल्म ‘दाल भात तरकारी’ ले आलोचनाको बावजुद पनि थोरै नाफा गर्यो । त्यस्तै फिल्म ‘जात्रा’ ले पनि लोभलाग्दो व्यापार गर्यो । फिल्म ‘ए मेरो हजुर’ले पनि राम्रै व्यापार गर्यो, उक्त फिल्मको सिरिजप्रति दर्शकको माया भएको कारणले चलेको हो ।

यसैगरी फिल्म ‘कबड्डी ३’ ले धमाका नै मच्चायो, प्रर्दशनको ५१ दिनसम्ममा १३ करोड भन्दा बढी कमाएर यस वर्षको ब्लकबस्टर फिल्म साबित भयो । यस लगत्तै ‘छ माया छपक्कै’ ले असोजमा नया रेकर्ड राख्न सफल भयो । यसले ५१ दिनमा १४ करोडको व्यापार गर्न सफल भएको थियो भने उक्त फिल्म दिपकराज गिरीको समुहले निर्माण गरेको थियो ।

पोइ पर्यो काले ,वीर विक्रम २, रातो टिका निधारमा, मारुनी, जाइरा, घामड शेरे, चच हुइ जस्ता यी फिल्मबाट निकै अपेक्षा गरिए पनि राम्रो व्यापार गर्न भने सकेनन् । अहिले हलमा दर्शक नभएको कारण सिंगल थिएटर (हल) बन्द हुने निश्चित भएको छ ।

जडिबुटिमा रहेको पुष्पाञ्जली हल बन्द गर्ने भएको छ । नामै चलेको फिल्ममा समेत दशैक नआउने भएकाले कर्मचारीहरुलाई तलब दिन गाह्रो भएकाले बन्द गर्न लागेको बताएको छ । नेपाली फिल्ममा अब गुणस्तरमा ध्यान नदिने हो भने दर्शकको ठूलै संकट पर्नेछ ।



प्रतिक्रिया दिनुहोस्