Logo

१९ सदस्यका लागि ९ माघमा राष्ट्रियसभाको चुनाव



काठमाडौं, २६ मंसिर । सरकारले राष्ट्रियसभाको रिक्त १९ सदस्यका लागि ९ माघमा निर्वाचन हुने भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले ९ माघका लागि चुनाव गर्ने गरी निर्णय गरिएको जानकारी गराए ।

बिहिबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनलेभ भने, राष्ट्रिय सभाको चुनाव माघ ९ गते गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र लेखिसकेको छ । अब निर्वाचन आयोगले त्यस अनुसार चुनावी तयारी शुरु गर्ने भएको छ ।

राष्ट्रिय सभामा २० फागुनबाट नेकपाका ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक सांसदको पदावधि सकिदैछ । एक तिहाई सदस्यको पदावधी सकिन लागेपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितका आयोग पदाधिकारीले प्रधानमन्त्री केपी शर्मालाई भेटेर ९ माघका लागि चुनाव प्रस्ताव गरेको थियो ।

राष्ट्रियसभामा २० फागुनबाट एक तिहाई सदस्यको कार्यकाल सकिन लागेकाले त्योभन्दा ३५ दिन अगावै निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ । २१ फागुनमा राष्ट्रियसभाका एक तिहाइ सदस्यको सपथग्रहण गराउनुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्