Logo

यसरी घुससहित रङ्गेहात पक्राउ परे इन्स्पेक्टर जयनेपाल



काठमाडौं, २६ मंसिर । ठगीको अभियोगमा एकजना अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको थियो । प्रहरीले उनको खोजी गरिरहेको थियो । तर, तिनै अभियुक्तसँग मिलेर पक्राउ नगर्ने भन्दै महानगरीय अपराध महाशाखा, काठमाडौका प्रहरी निरिक्षक जय नेपाल थापा पैसा लिन तम्सिए । उनले मोलतोल समेत गरेर रकम मिलाए ।

रकमको लेनदेनपछि ललितपुरस्थित शुद्ध शाकाहारी खाजाघरमा पुगे । त्यहाँ उनले ४० हजार घुस लिए । त्यसको सूचना पाएर अख्तियारको टोली पुग्यो । जयनेपाल थापा रङ्गेहात ४० हजारसहित पक्राउ परे ।

बुधबार ४० हजार घुससहित रङ्गेहात पक्राउ परेका थापा अख्तियारको थुनामा छन् । उनीमाथि छानविन भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

नेपाल प्रहरीभित्र नामका कारण चर्चित जयनेपालको पोष्टिङ राम्रो ठाउँमा थियो । उनी अपराध महाशाखामा रहेर आकर्षक फाँटमा थिए । तर, ४० हजार रुपैयाँको लोभले फन्दामा परे ।



प्रतिक्रिया दिनुहोस्